संसद अवरुद्ध हुँदा कुनै पनि सेवा सुविधा नलिने रास्वपाका सांसदहरुको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

संसद अवरुद्ध हुँदा कुनै पनि सेवा सुविधा नलिने रास्वपाका सांसदहरुको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद अवरूद्ध हुँदाको समयको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले अहिलेसम्म संसद नचलेको समयमा पठाएको हिसाब पनि मिलान गर्न आग्रह गरेका छन् । संसदलाई नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिन रास्वपाले पत्र मार्फत सभामुखलाई आग्रह पनि गरेको छ ।

संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि रास्वपाले पत्रमार्फत् बताएको छ ।

गत साउन १० गतेदेखि संसद लगातार अवरूद्ध हुँदै आएको छ । सुन प्रकरणको छानबीनका लागि संसदीय छानबीन समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गर्दैआएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);