सरकारद्वारा दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

सरकारद्वारा दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता

काठमाडौँ, २५ साउन । सरकारले चालुआवको बजेटमार्फत घोषणा गरेको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय फिर्ता भएको छ ।

मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्ता गर्ने निर्णय लिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार बोर्डको आवश्यकता देखेर खारेजी फिर्ता गरिएको हो ।

आत्मनिर्भरको अवस्थामा रहेको दुग्ध क्षेत्रलाई नियमन तथा अनुगमनका लागि बोर्ड आवश्यक देखिएको मन्त्रालयको भनाइ छ । खारेजीको घोषणा भएकै दिनदेखि सो क्षेत्रसँग सम्बन्धित निकायले फिर्ता लिन आग्रह गर्दै आएका थिए ।

सरकारको यो निर्णयको संसददेखि सडकसम्म विरोध भएको थियो । उनीहरुले नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग सङ्घलगायतका सङ्घ संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा.प्रकाशशरण महतलगायत लाई ध्यानाकर्षण समेत गराएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);