विभागद्वारा दुइटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

विभागद्वारा दुइटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं, २५ साउन । वैदेशिक रोजगार विभागले २ मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपुर्ति नदिएको भन्दै दुईटा मेनपावर बन्द गराएको हो ।

डिलक्स एचआर सोलुसन र डि–स्वार्ड गु्रप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको हो । दुवै कम्पनीले पीडितलाई क्षतिपुर्ति नदिएको र क्षतिपुर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरेको विभागले जनाएको छ ।

विभागले डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई रु एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको गरेको हो ।

युएई गएका १७ जना बाइक राइडरले मेनपावरसँग गरेको सम्झौताअनुसार काम नपाएको भन्दै उजुरी दिएपछि कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);