काठमाडौँ, २४ साउन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
घिमिरेले आज बिहान संसद् भवन बानेश्वरमा साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।
आज प्रतिनिधि सभा बैठक पनि बस्दैछ । संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्।