छानविन समिति बनाउने/नबनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

छानविन समिति बनाउने/नबनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताउनुभएको छ । उहाँले छानविन समिति बनाउने र नबनाउने पक्षमा कुराहरु आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न उहाँले प्रस्ताव गर्नुभयो ।

समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने बताउनुभयो । उहाँले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानविन समिति बनाउनु आवश्यक भएको बताउनुभयो ।

छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);