सभामुखसहित तीन शीर्ष नेताबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सभामुखसहित तीन शीर्ष नेताबीच छलफल सुरु

काठमाडौं, २३ साउन । संसदको गतिरोेध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित आज पनि प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख घिमिरेसहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

सोमबार २ चरणमा छलफल गर्दा पनि सहमति निस्किन सकेन । छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका

सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक वा सचेतकसहित उपस्थित छन् ।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);