संघियताबारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

संघियताबारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी

काठमाडौं, २३ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्रि मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनु भयो । व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्रि मोदीले बताउनु भयो । केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताउनु भयो । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनु भयो । स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहँुदा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा संघिय मामिला मन्त्रि मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताउनु भयो । काठमाडौँ उपत्यका भित्र वर्षौं देखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गर्नु भयो । काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताउनु भयो । बाहिर गएका कर्मचारीले मन्त्रिलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको बताउनु भयो । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफुले गरेको ठोकुवा गर्नु भयो ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघिय शासन व्यवस्था बिस्तारै स्थीर र स्थायित्व हुदैँ बताउनु भयो । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गर्नुभयो। संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकोले उल्लेख्य केहि ‘नदेखिएको भए पनि केहि नै नभएको भन्न नहुने मन्त्रि मोदीले बताउनु भयो। अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने बताउनु भयो । आगामी दिनमा जनमानसमा रहेको संघीयताप्रतिको संशय पनि हट्ने विश्वाश गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);