ह्याकरहरूको साम्राज्य अमेरिका भएको चीनको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

ह्याकरहरूको साम्राज्य अमेरिका भएको चीनको आरोप

एजेन्सी, २२ साउन । अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले “शान्तिपूर्ण विकास“ र “रङ क्रान्ति“ को नाममा “ह्याकरहरूको साम्राज्य“ बनाएको बताएको छ । चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारि गर्दै सिआइएले विश्वभरि “ह्याकरहरूको साम्राज्य“ नै खडा गरेको बताएको छ । यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ। इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको–सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकील अहमद रामेले अमेरिका आफैंले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली संचालन गरिरहेको बताउनु भयो ।

अमेरिकाको साइबर हमलाको मुख्य निशाना चीनको साइबर नेटवर्क हो । गत महिना, अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्सले एक खुलासा गर्दै आफ्ना एजेन्सीहरुले चीनमा जासूसी नेटवर्कहरू पुनः निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको र त्यसमा प्रगति भैरहेको बताएका थिए । २०२२ मा, चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा चिन बाहिरबाट साइबर आक्रमण गरिएको थियो । यो आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी सँग सम्बद्ध साइबर–वारफेयर इन्टेलिजेन्स–भेला गर्ने एकाइ, टेलर्ड एक्सेस अपरेसन गरेको आरोप चीनले लगाउदै आएको छ । हरिकि मिडिया टर्कीका प्रमुख टुंक आकुकले चीनमा भएको आक्रमण र भेटिएको सूचना र सुराकले अमेरिका तर्फ इशारा गरेको बताउनु भयो । प्रमुख टुंक आकुकले इन्टरनेटको ग्लोबल संजाल नै अमेरिकाको नेतृत्वमा रहेको बताउनु भयो। अमेरिकाले विश्वभरि फैलिएको डाटा प्रवाहलाई नै नियन्त्रण गर्न सक्ने बताउनु भयो ।

यसै वर्षको अप्रिलमा पेन्टागन केहि गोप्य कागजहरुको एक सेट अनलाइनमा लीक भएको थियो । त्यसमा युक्रेन, दक्षिण कोरिया र इजरायल लगायत अमेरिकाका संजालका गोप्य डाटाहरु थिए। इन्स्टिच्युट अफ पॉलिसी स्टडीज, इस्लामाबादका वरिष्ठ अनुसन्धान फेलो तुघ्रल यामिनले अमेरिकीहरुले सधैं जासुसी मात्र गरिरहने टिप्पणी गर्नुभयो । अमेरिकाको कोहि मित्र वा शत्रु हुन्न सबैको निगरानी गर्छ तुघ्रल यामिनले भन्नु भयो ।

अमेरिकाले धेरै लामो समय देखि सबैतिर जासुसी गर्दै आएको चिनले आरोप लगाउदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);