आज आइतबार, सुर्य भगवानले सबैको रक्षा गरुन्,हेरौं आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज आइतबार, सुर्य भगवानले सबैको रक्षा गरुन्,हेरौं आजको राशिफल

काठमाडौं,२१ साउन । पञ्चाङ अनुसार आज ०६ अगस्ट २०२३, आइतबार । श्रावण ’आधिक’ महिनाको कृष्ण पक्षको पाँचौं दिन हो। राशिफल अनुसार आजको दिन सबै राशिका लागि मिश्रित रहने छ । केही राशिका व्यक्तिहरूले आज धेरै सावधानी अपनाउन आवश्यक छ। यस दिन यी राशिका व्यक्तिहरूले व्यापार र आर्थिक क्षेत्रमा घाटा व्यहोर्नु पर्नेछ। केही राशिका राशिहरू छन्, जसलाई यो दिन लाभ मिल्नेछ। श्रावण आधिक महिनाको कृष्ण पक्षको पञ्चमी तिथी बिहान ७ः०९ बजेसम्म रहने र त्यसपछि षष्ठीतिथी प्रारम्भ हुने पञ्चाङमा बताइएको छ ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। धेरै दिनदेखि चलिरहेको स्वास्थ्य समस्याबाट राहत महसुस गर्नुहुनेछ। मन प्रसन्न रहनेछ। यसका साथै आज नयाँ ठूलो कामको थालनी गर्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । परिवारबाट पूर्ण सहयोग मिल्नेछ ।

वृष राशि
आजको दिन तपाईका लागि उतारचढावको दिन रहनेछ। आज आफ्नो बोलीमा संयम राख्नुहोस्। चिनजानका साथ वादविवाद हुनसक्छ । व्यापार–व्यवसायमा पार्टनरबाट धोका हुनसक्छ । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ।

मिथुन राशि
आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ। पारिवारिक कलहबाट टाढा रहनुहोस्। तपाईंको व्यापार साझेदारसँग वैचारिक मतभेद हुन सक्छ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्। प्रियजनको माया र स्नेह प्राप्त हुनेछ। नयाँ काम सुरु नगर्नुहोस्।

कर्कट राशि

आज काममा ठूलो जोखिम नलिनुहोस्। साझेदारीमा कुनै नयाँ कामको बारेमा सावधानीपूर्वक सोच्नुहोस्। व्यापारमा घाटा हुन सक्छ । वाणीमा संयम राख्नु र वादविवादबाट टाढा रहनु होला । पत्नीको स्वास्थ्यमा चिन्तित रहनेछ ।

सिंह राशि
आजको दिन अद्भुत रहनेछ। परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । परिचित व्यक्तिसँग भेटघाट गर्नुपर्नेछ। व्यापारमा आज कुनै ठूलो निर्णय लिन सकिनेछ। क्षेत्रमा ठूलो लगानी गर्न सकिनेछ । विरोधीबाट सचेत रहनुहोला ।

कन्या राशि
आज तपाईको मन अशान्त रहनेछ। व्यवसायमा सहकारी साझेदारबाट धोका पाउन सकिन्छ । आज व्यापार आदिमा कुनै ठूलो लेनदेन नगर्नुहोस्। नत्र घाटा बेहोर्नु पर्न सक्छ । यदि तपाईं यात्रा आदिमा जानुहुन्छ भने, आफ्नो वाहन आदि सावधानीपूर्वक चलाउनुहोस्।

तुला राशि
आजको दिन शुभ रहनेछ। नयाँ वस्तु खरिद गर्न सकिनेछ । आज तपाईको स्वास्थ्यमा सुधार आउनेछ। परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । व्यापारमा नयाँ साझेदारीका साथ कुनै पनि ठूलो कामको थालनी गर्न सकिनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछ ।

वृश्चिक राशि
तपाईको आजको दिन उतारचढावपूर्ण रहनेछ। वादविवादबाट आफूलाई टाढै राख्नुहोस्। आज कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । मन अशान्त रहनेछ। आज स्वास्थ्य बिग्रन सक्छ।

धनु राशि
आज जुन कामको बारेमा तपाईले लामो समयदेखि सोच्दै हुनुहुन्थ्यो, त्यो काम पूरा हुनेछ। विशेष कसैलाई भेट्नुपर्छ । मन प्रफुल्लित हुनेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। व्यापार व्यावसायमा लाभ हुनेछ र आर्थिक अवस्था मजबुत रहनेछ ।

मकर राशि
आज तपाईको मन प्रसन्न रहनेछ। आज तपाई आफ्नो प्रियजनलाई भेट्न सक्नुहुन्छ। व्यापार–व्यवसायमा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मान सम्मान बढ्नेछ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। पत्नीसँगको मनमुटाव समाप्त हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।

कुम्भ राशि
आज बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ । बहसबाट टाढा रहनुहोस्। पारिवारिक जीवनमा उतारचढावको स्थिति रहनेछ। कुनै कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ । तर काम सम्पन्न हुनेमा शंका हुनेछ । श्रीमतीसँगको सम्बन्ध मधुर रहनेछ ।

मीन राशि
आज तपाईलाई चिनेको व्यक्तिको दुखद समाचार प्राप्त हुनेछ। मन अशान्त रहनेछ। व्यापार आदिमा आज कुनै ठूलो निर्णय नगर्नुहोस्। पारिवारिक कलहका कारण मन दुखी रहनेछ। कुनै कामको लागि बाहिर जानु पर्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);