संगीतको कुनै सीमा हुँदैनः शम्भुजित बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

संगीतको कुनै सीमा हुँदैनः शम्भुजित बाँस्कोटा

काठमाडौं । भावना बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताउनु भयो । उहाँले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभवकारी रुपमा प्रविधिको विकाससँगै अघि बढीरहेको बताउनु भयो । उहाँले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताउनु भयो । उहाँले पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन् । रक एण्ड ¥याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम गरेको छ ।’

अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);