११ बुँदे माग राख्दै राजधानीको ठूला अस्पतालमा एक घण्टा काम ठप्प | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

११ बुँदे माग राख्दै राजधानीको ठूला अस्पतालमा एक घण्टा काम ठप्प

1448059580Nurse_Andolan

काठमाडौं,२९ पुस । विभिन्न ११ बुँदे माग राख्दै राजधानीको ठूला अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान एक घण्टा काम ठप्प पारेका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर एक घण्टा काम रोकेका हुन् ।

घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिँदै आएका थिए । शुक्रबार त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले काम ठप्प पारेका हुन् । नेपाल नर्सिङ संघले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म काम ठप्प पार्ने निर्णय गरेको छ ।

उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्नेलगायतका माग राखेर उनीहरु आन्दोलित बनेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);