पार्टीको संगठन बिस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरुको दबाब | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पार्टीको संगठन बिस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरुको दबाब

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको संगठन बिस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दबाब दिएका छन् ।

शुक्रवार तेस्रो दिन पनि काठमाडांैंमा जारी पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै नेताहरुले पार्टी संगठन बिस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका हुन् । अध्यक्ष कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले पार्टीको संगठन बिस्तारमा जोड दिन नेतृत्वलाई सुझाव दिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले पार्टीको केन्द्रिय कमिटी भद्दा भएको उल्लेख गर्दै त्यसको आकार घटाउनुपर्ने आवश्यक्ता पनि औंल्याएको बताउनु भयो ।

महराले भन्नुभयो, ‘केन्द्रिय समितिको आजको तेस्रो दिनको बैठक पनि जारी रह्यो । आज ६८ जना कमरेडहरुले बोल्नुभयो । आज बोल्ने सबै कमरेडहरुले वास्तवमा अध्यक्ष कमरेडको प्रतिवेदनमाथिको छलफलमा नै केन्द्रित रहनुभयो । त्यसमा विशेष गरेर सबैले अध्यक्ष कमरेडको डकुमेन्टलाई समर्थन गर्नुभयो । र, साथसाथै के पनि भन्नुभयो भने जनतामा जानुपर्छ, संगठन बिस्तार गर्नुपर्छ । र, पार्टी बिस्तारको अभियानमा लाग्नुपर्छ भन्ने कुरा राख्नु भयो । तेस्रो कुुरा यो पार्टी कमिटी भद्दा भयो । अलि सानो बनाउनु पर्छ । विधान सम्मेलनमा जुन प्रश्ताव छ । त्यो राम्रो छ पनि भन्नुभयो ।’

आजको बैठकमा ६८ जना नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);