अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताउनु भयो । उहाँले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेहरुलाई कानूनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने बताउनु भयो । उहाँले सबैलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले पक्ष, प्रतिपक्ष भन्दा पनि संसदलाई सुचारु गराउनेतिर नै बल गर्नुपर्छ जस्तो लाग्छ । जहाँ हामी धेरै कुराहरु उठाउन पाउछौँ । धेरै कुराहरु त्यहाँबाट व्यक्त पनि हुन्छन् । त्यसकारणले संसदलाई सुचारु गराउनेतिरै बढी प्रभावकारी होला कि संसद अवरुद्ध हुनुभन्दा । हामी छानबिन होस् भन्ने चाहिरहेका छौँ, अझ यो कुरा राम्रोसँग उजागर होस् भन्ने चाहीँ राखेका छौँ । यो अवरुद्धले सरकारलाई त मद्दत पुगिराखेको छैन ? त्यतातिर सोच्नुपर्ने हुन्छ । ललिता निवास काण्डमा पनि जग्गा फिर्ता गर्दै जाने, चोखिँदै जाने ? यो प्रश्न त उठेको छ । जग्गा फिर्ता गरेपछि चोखिने भनेर आजकाल ज–जसले किनेका थिए, लिएका थिए, तिनीहरु धमाधम फिर्ता गर्न थालेका छन् । यो कानूनी दायरा अथवा न्यायिक दायरामा पर्ने हो ?’

उहाँले जग्गा फिर्ता गर्नेहरुलाई कानूनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरु दोहोरिइरहने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);