कांग्रेसको सांगठनिक सृदृढीकरणको अभियान भोलिदेखि,रामेछापको जिम्मेवारी श्रेष्ठलाई | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कांग्रेसको सांगठनिक सृदृढीकरणको अभियान भोलिदेखि,रामेछापको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले पार्टीको ‘विशेष आन्तरिक अभियान’ सफल पार्न रामेछाप जिल्लाको प्रदेश प्रतिनिधिको जिम्मेवारी पाएका छन् ।

कांग्रेस बाग्मती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सांगठनिक सृदृढीकरणको अभियान सफल बनाउन श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको गत साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समितिको कार्यसमितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । सो अभियानलाई सफल बनाउन बानियाँले बाग्मती प्रदेशका १३ जिल्लामा प्रदेश र प्रदेश सभा क्षेत्र प्रतिनिधि खटाएका हुन् । श्रेष्ठलाई जिम्मेवारी पुरा गरिसकेपछि लिखित प्रतिवेदन कार्यालयमा बुझाउन पत्रमार्फत आग्रह गरिएको छ ।

‘पार्टीको विधान,नियमावली,आदर्श,मुल्य,मान्यता अनुरुप तोकिएको कार्यभार सम्पादन गरि अभियानको उद्देश्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ कार्यसफलताको कामना गर्दछु।’–सभापति बानियाँद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);