एजेन्सी, १८ साउन । बलिउडका चर्चित हस्तीहरु आलिया भट्ट र रणवीर सिंह अभिनित फिल्म राँकी–रानीले शानदार कमाई जारी राखेको छ ।
पाँच दिनमा ६० करोड कमाउन सफल छ । फिल्मले मंगलबार ७ करोड ३० लाख कमाएको छ
फिल्मको कुल कलेक्सन ६० करोड २२ लाख पुगेको छ । हप्ता दिन बित्दा पनि चलचित्रले राम्रो कमाई गरिरहेको छ ।
आइतबारको तुलनामा सोमबार र मङ्गलबारको कलेक्शनमा केही कमी आएको भए पनि पहिलो पाँच दिनमा फिल्मको कुल कमाई भने नराम्रो भन्न मिल्दैन ।