काठमाडौं, १७ साउन । सत्तारुढ प्रमुख दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।
आजदेखि पार्टीको केन्द्रीय समितिको बैठक सुरु हुँदैछ । केन्द्रीय बैठकमा पेस हुने राजनीतिक, सांगठनिक प्रतिवेदन पदाधिकारी बैठकले पारित गर्नेछ ।
मंसिरमा हुने विधान सम्मेलन,समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल हुनेछ ।