कोशीको मुख्यमन्त्रीमा पुनः नियुक्त भए उद्धव थापा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कोशीको मुख्यमन्त्रीमा पुनः नियुक्त भए उद्धव थापा

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा गठबन्धन दलबाट कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बहुमतसहित दाबी पेस गरेका थापालाई संविधानको धारा १६८ (२) बमोजिम मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि गठबन्धनको पक्षमा बहुमत पुगेको हो । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सरकारको निरन्तरता ३० दिनपछि मात्रै निश्चित हुने देखिएको छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ ।

तर, गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पु¥याएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले केन्द्रमा भएको सहमति अनुसार गौतमले पदबाट राजीनामा दिनुभएको हो ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहँदा सभामुख गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न गरेको निर्णय बदर गर्दै परमादेश जारी गरेपछि नयाँ सरकार गठन भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);