काठमाडौं, १५ साउन । करिब १ महिना अघि आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको सुसाइड नोट फेला परेको छ। सारुकको मोबाइलमा सुसाइड नोट फेला परेको हो ।
सारुक गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरको भ¥याङमा मृत भेटिएका थिए । प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याब परीक्षणमा उनको मोबाइलमा सुसाइड नोट फेला परेको हो।
करिब एक पाना जति लामो नोटमा उनले आफ्नो साथीहरु र परिवारलाई सम्झदै आफ्नै गल्तीका कारण आत्महत्या गरेको उल्लेख गरेका छन् । कसैलाई दोष नदिन पनि उनले नोटमार्फत आग्रह गरेको प्रहरीले जनाएको छ ।
उनले सुसाइड नोटमा लेखेका छन्,‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेस्ट इन पिस, धन्यवाद ।’ प्रहरीले मोबाइल परीक्षणबारे थप जानकारी भने गराएको छैन। सारुकलाई घरको भर्याङमा झन्डिएको भेटिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिएको थियो ।
पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र मलिना जोशी तथा अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकर्मीले ताम्राकारको आत्महत्याबारे निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गरेका थिए ।