काठमाडौँ, १५ साउन । आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार अस्पताल भर्ना भएका छन् ।
सानुको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नर्भिक अस्पताल भर्ना गरिएको हो उनको आईसीयूमा उपचार भइरहेको छ ।
ताम्राकार बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ । अहिले उनीसँगको भेटघाट पनि बन्द गरिएको छ ।
सारुक गत महिना रातोपुलको शहीदमार्गस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाको छानबिन गर्न परिवारले प्रहरीमा उजुरी समेत दिएको छ ।