इजिप्टको सिनाईमा गोली चल्यो, वरिष्ठ अधिकारीसहित चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

इजिप्टको सिनाईमा गोली चल्यो, वरिष्ठ अधिकारीसहित चार जनाको मृत्यु

pestol

कायरो, १५ साउन । आइतबार इजिप्टको सिनाईमा रहेको प्रहरी भवनमा गोली चलेको छ । गोलीबारीमा एक वरिष्ठ अधिकारीसहित कम्तीमा चार प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

उत्तरी सिनाई प्रान्तको राजधानी अल–आरिशमा रहेको राष्ट्रिय सुरक्षा मुख्यालयमा भएको गोलीकाण्डमा कम्तीमा २१ अन्य सैनिक घाइते भएका अधिकारीहरूले बताएका छन्।

जानकारी अनुसार गोली लागेर केही प्रहरी घाइते भएका छन् भने केही जवानलाई अश्रुग्यास प्रहारबाट सास फेर्न गाह्रो भएको छ । जानकारीका अनुसार घाइतेमध्ये आठ अधिकारी पनि छन् ।
गोली चलाउनुको कारण भने खुल्न सकेको छैन । साथै, मन्त्रालयबाट भने कुनै वक्तव्य आएको छैन ।

उत्तरी सिनाई इस्लामवादी लडाकुहरूको नेतृत्वमा रहेको विद्रोह विरुद्ध वर्षौंदेखि लडाइँ भएको ठाउँ हो। यसअघि पनि यहाँ आक्रमण भएका छन् । आतंकवादीहरूले मुख्यतया सुरक्षा बल र ईसाईहरूलाई लक्षित गरी आक्रमण गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);