बावुराम नेतृत्वको नेसपामा पहिरो,नगर अध्यक्षसहित १४ जनाले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

बावुराम नेतृत्वको नेसपामा पहिरो,नगर अध्यक्षसहित १४ जनाले दिए राजीनामा

baburam bhattarai

काठमाडौं, १४ साउन । डा.बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नगरअध्यक्षसहित १४ जनाले पार्टी परित्याग गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको गृह जिल्ला गोरखा हो । सोही जिल्लाकै गोरखा नगरपालिका सभापति ज्योति कोइराला,गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहित पार्टीबाट अलग भएको जानकारी दिएका हुन् ।

एक विज्ञप्ति मार्फत पार्टीबाट अलग भएपनि सामाजिक काममा क्रियाशील रहने उनीहरुको भनाइ छ ।

पार्टीको विभिन्न पदमा रहेका कृष्ण बहादुर थापा,हिमाल बस्नेत,सुजन लामिछाने,कुमार ढकाल, कृष्णप्रसाद अर्याल, रामेश्वर खनाल,किसोर श्रेष्ठ,भरत घले, किसोर बराम,सुजन गर्तौला, मिलन न्यौपाने,रामहरी खनालले पार्टी र पदबाट राजीनामा दिएर स्वतन्त्र रहेको जानकारी गराएका छन् ।

 

Leave a Reply