देशभरका स्पाइन सर्जनहरु काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

देशभरका स्पाइन सर्जनहरु काठमाडौंमा

काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् ।

ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन् । एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनु भयो ।

ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् । ढाड बाँगिने समस्या छोराहरु भन्दा छोरीहरुलाई बढी देखिने पनि अध्ययनहरुले देखाएको डा. बिजुक्छेले बताउनु भयो । धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उहाँले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताउनु भयो । बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाँगोपना उपचार कसरी गर्ने ? उपचार पद्धती केके छन् भन्ने विषयमा छलफल भएको बताउनु भयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का उपाध्यक्ष समेत रहनुभएका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताउनु भयो । उहाँले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाँगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपानाइ शतर्क गराउँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ढाड बाँगिने रोग धेरैजसो १६ वर्ष मुनिका बच्चाहरुमा देखिने रोग हो । नर्मल पपुलेसनको ०.५ प्रतिशतमा अलिकती ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथीको ढाड बाँगिएको छ भने त्यसले प्रोबलम दिनसक्छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण जनचेतना पनि फैलाउँदै आएका छौं । विद्यालय सचेतना कार्यक्रम पनि गरिरहेका छौं । अहिले हामीले जुनीयर चिकित्सकदेखि सिनियर चिकित्सकसम्म एकेडेमिक एक्टीभिटीज गरिरहेका छौं । नेपालमा बच्चा जन्मिसकेपछि आमाहरुले ढाडमा मालिस गरिदिने तेल लगाउने बानि हुन्छ । तेल लगाउँदाखेरी घोप्टो पारेर बच्चालाई तेल लगाइन्छ । त्यतिखेर ढाडमा आफ्नो औंलाले टाउकोदेखि तलसम्म ढाड कतै बाँगो छ की सिधा छ भनेर विचार गर्ने गर्नुपर्छ । कतै सुन्निएको जस्तो छ की भनेर ख्याल गर्नुपर्छ । बालिकाहरु विद्यालय जान थालेपछि अभिभावकले ढाड पछाडीबाट हेर्नुपर्छ । एउटा कुम अर्को कुम भन्दा माथि छ की ? ढाड अलिकति बाँगिएको छ की, सबै ठिक छ भनेर हेर्नुपर्छ । शिक्षकले पनि अब्जर्भ गर्नुपर्छ । ’

ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);