विश्व बाघ दिवसः बाघको संख्या दोब्बर बनाउने नेपालको संकल्प पुरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

विश्व बाघ दिवसः बाघको संख्या दोब्बर बनाउने नेपालको संकल्प पुरा

काठमाडौं । आज जुलाई २९ तारिख विश्व बाघ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसपाली बाघ दिवसको नारा मानव–बाघ सहअस्तित्व तय गरिएको छ । आज वन तथा वातावरण मन्त्रालयले दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम राखेको छ । दिवसका अवसरमा बाघसम्बन्धी १० वर्षे कार्ययोजना सार्वजनिक गर्ने वातावरण विभागले जनएको छ ।

कार्ययोजना बाघको संख्या वृद्धि भएसँगै थपिएको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्व व्यवस्थापनमा केन्द्रित रहने छ । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएपछि बाघ दिवस मनाउन थालिएको हो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । सेन्ट पिटर्सवर्गको सम्मेलनमा २०२२ सम्ममा बाघको सख्या दोब्बर बनाउने नेपालको संकल्प पुरा भइसकेको छ । तत्कालीन बाघको संख्या १२१ बाट दोब्बर पु¥याउने नेपालको संकल्प पुरा भएर ३५५ पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ , बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ ,बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ छन् । नेपालमा बाघको संख्या बढेसँगै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, मुख्य चुनौती बनेको छ । पछिल्लो पाँच वर्षमा मुलुकभर बाघको आक्रमणबाट ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । यहि द्वन्द्व व्यवस्थापनका लागि १० बर्षे कार्य योजना तयार गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);