काठमाडौं, १२ साउन । अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एक टेलिभिजनमा दिएको अन्तर्वाताको क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर आपक्ति जनाउँदै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएपछि उनलाई पक्राउ पुर्जी जारी भएको हो ।
पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी परेको हो ।