काठमाडौं । साताको कारोबारको अन्तीम दिन पनि नेप्से दोहोरो अंकले घटेको छ । आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि बुधबारको तुलनामा खस्किएको छ । आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार माथिको कारोबार भएको हो ।
आज १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।