काठमाडौँ,११ साउन । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएपछि बैठक आजै बस्ने गरी स्थगित भएको हो ।
आज बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो ।
राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका छन् ।