पाथिभरा माताले सबैको रक्षा गरुन्, हेरौं आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

पाथिभरा माताले सबैको रक्षा गरुन्, हेरौं आजको राशिफल

काठमाडौं, ११ साउन । ज्योतिष शास्त्रमा राशिफललाई निकै महत्वपूर्ण मानिएको छ । आज २७ जुलाई २०२३, बिहीबार । आजको दिन केही राशिका लागि तनावपूर्ण रहनेछ । आज केही राशिका व्यक्तिहरूलाई व्यापारमा घाटा लाग्न सक्छ। केही राशिका व्यक्तिहरूको स्वास्थ्यमा उतारचढाव आउनेछ। पञ्चाङका अनुसार आज श्रावण मासको शुक्ल पक्षको नवमी तिथी दिउँसो ३ः४७ बजेसम्म रहने र त्यसपछि शुक्ल पक्षको दशमी तिथी प्रारम्भ हुनेछ ।

मेष राशि
आजको दिन तपाईको उतार चढावले भरिपूर्ण रहनेछ। कतिपयको स्वास्थ्यको चिन्ता रहन सक्छ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । विपक्षी वर्ग सक्रिय हुनेछन् । परिवारमा आपसी मतभेद बढ्न सक्छ। श्रीमतीसँग मनमुटाव हुनसक्छ ।

वृष राशि
आजको दिन तपाईको सामान्य रहनेछ। सोचेका काम पुरा हुनेछन् । स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा आर्थिक अवस्था बिग्रन सक्छ । परिवारमा कुनै कुरामा मतभेदको स्थिति रहनेछ।

मिथुन राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र व्यापारमा केही नयाँ कामको थालनी हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। पारिवारिक समाजमा मान सम्मान बढ्नेछ। घरपरिवारमा पैतृक सम्पत्ति प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

कर्कट राशि
आजको दिन धेरै राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पत्नीसँग चलिरहेको मतभेद समाधान हुनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । आज विशेष व्यक्तिको सम्पर्कबाट केही ठूला काम पाउन सकिनेछ। परिवारमा मान सम्मान बढ्नेछ। परिवारमा शुभ समाचार सुन्न पाइनेछ ।

सिंह राशि
आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ। तपाईको विशेष काममा बाधा आउन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। लामो यात्रा आदिमा जाने सम्भावना छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । पैतृक सम्पत्तिलाई लिएर परिवारमा मतभेद बढ्न सक्छ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ ।

कन्या राशि
आज तपाई मानसिक तनावबाट गुज्रन सक्नुहुन्छ। यी विषयमा आफ्ना साथीभाइ वा आफन्तहरूसँग बहस हुनसक्छ। आज व्यापारमा घाटा हुन सक्छ । आर्थिक स्थितिमा गिरावट आउनेछ। परिवारमा प्रियजनहरूसँग मनमुटावको स्थिति हुनेछ। आज प्रियजनको दुखद समाचार प्राप्त हुनेछ।

तुला राशि
आजको दिन तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।

वृश्चिक राशि
आज तपाईलाई प्रियजनबाट विरोधको सामना गर्नु पर्नेछ। स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ । व्यवसायमा सहकर्मीबाट धोका खानुपर्ने हुन सक्छ। कुनै नयाँ कामको थालनी नगर्नुहोस्। अपरिचित व्यक्तिलाई ऋण नदिनुहोस्, अन्यथा तपाईंले घाटा बेहोर्नु पर्नेछ। परिवारमा प्रियजनहरूसँग मतभेद बढ्नेछ। श्रीमतीसँग विवाद हुनसक्छ ।

धनु राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। तपाईं कुनै षड्यन्त्रको शिकार हुन सक्नुहुन्छ। व्यापार–व्यवसायमा घाटा हुनसक्छ । कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त छैन। घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सम्मानमा कमी आएको महसुस हुनेछ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । दुर्घटना हुन सक्छ।

मकर राशि
आज तपाईको सामान्य दिन रहनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ । नजिकको व्यक्तिको दुखद समाचार प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा हुनसक्छ । आज कुनै नयाँ सवारी साधन खरिद नगर्नुहोस्, कुनै नयाँ कामको सुरुवात नगर्नुहोस्। परिवारमा मतभेदको स्थितिमा बहसबाट टाढा रहनुहोस्। बोलीमा संयम राख्नुहोस्।

कुम्भ राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । विशेष व्यक्तिसँग भेटघाटले व्यवसायिक क्षेत्रमा नयाँ काम हात लाग्न सक्छ। जुन फाइदाजनक हुनेछ। परिवारमा शुभ कार्यको योग रहनेछ। परिवारमा सबैले सम्मान गर्नेछन्। परिवारसँग लामो यात्रामा जान सकिनेछ। नयाँ घरको सवारी साधन खरिद गर्न सकिनेछ ।

मीन राशि
आजको दिन केही समस्याले भरिपूर्ण रहनेछ। स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ । नयाँ काम थाल्न खोज्दा बाधा आउनेछ। नजिकको व्यक्तिको दुखद समाचार प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । घरपरिवारमा श्रीमतीबीच विवाद हुनसक्छ । वाणीमा संयम राख्नुहोस् र बहसबाट टाढा रहनुहोस्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);