आज साउन ३० गते मंगलबार, हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

आज साउन ३० गते मंगलबार, हेर्नुहोस् आजको राशिफल

काठमाडौं, ३० साउन । आज १५ अगस्ट २०२३ मंगलबार । आज सबै १२ राशिका लागि महत्वपूर्ण रहनेछ । केही राशिका लागि आजको दिन राम्रो रहनेछ । केही राशिका व्यक्तिहरूले स्वास्थ्यमा उतारचढाव देख्नेछन् ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। व्यापारमा लाभ मिल्नेछ, परिवारमा शुभ कार्यक्रम हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ । विरोधबाट सजग रहनुहोस्, प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ। केही ठूला काम आज पूरा हुन सक्नेछन् ।

वृष राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कामको भीडभाडबाट आफ्नो लागि केही समय निकाल्नुहोस्। राम्रो अवस्थामा रहनुहोस्। आज कुनै ठूलो लेनदेन नगर्नुहोस्, आर्थिक स्थितिमा ह्रास आउनेछ। वादविवादबाट टाढै रहनुहोला, बोलीमा संयम राख्नु होला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

मिथुन राशि
यस दिन लामो यात्रा आदिमा जान सकिनेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । व्यापारमा आज कुनै नयाँ काम सुरु नगर्नुहोस्, अन्यथा ठूलो घाटा बेहोर्नु पर्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

कर्कट राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। तपाईको स्वास्थ्य राम्रो रहनेछ, परिवारमा शुभ कार्यक्रमको सम्भावना छ। तपाईं आफ्नो परिवार संग बाहिर घुम्न जान सक्नुहुन्छ। व्यापार–व्यवसायमा लाभ हुनेछ, नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । श्रीमतीसँग मनमुटाव हुनसक्छ ।

सिंह राशि
तपाईको लागि आजको दिन राम्रो रहनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । रोकिएका काम पुरा हुनेछन् । प्रतिद्वन्द्वी परास्त हुनेछन्, अदालतमा विजय हुनेछ। स्वास्थ्य राम्रो रहनेछ, परिवारमा सम्मान बढ्नेछ।

कन्या राशि
आज तपाईको चिनजानको ब्यवहारले मन खिन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, खानपानमा ध्यान दिनुहोला । आफ्नो कार्य क्षेत्र परिवर्तन नगर्नुहोस्। आज कुनै ठुलो निर्णय नगर्नु होला अन्यथा घाटा बेहोर्नु पर्नेछ । व्यापारमा उतारचढाव आउनेछ, परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।

तुला राशि
आज तपाई प्रशासनिक काममा अलमलमा पर्न सक्नुहुन्छ। पुरानो विवाद मन पर्न सक्छ । पैतृक सम्पत्तिको सम्बन्धमा परिवारमा विवादको स्थिति आउन सक्छ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला ।

वृश्चिक राशि

आज परिवारसँग बाहिर कतै घुम्न जान सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ, मन प्रसन्न रहनेछ। व्यापार–व्यवसायमा नयाँ काम वा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ। श्रीमतीको स्वास्थ्यमा सुधार आउनेछ ।

धनु राशि
आजको दिन धेरै राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, सम्मान बढ्नेछ। अदालतमा आज तपाईको जित हुनेछ। जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । घरपरिवारमा वैवाहिक जीवनको सम्भावना रहनेछ, पत्नीसँगको सम्बन्ध मधुर रहनेछ।

मकर राशि
आज स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ। नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने विपक्षीको सामना गर्नु पर्नेछ। व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ, वादविवादबाट टाढा रहनु होला ।

कुम्भ राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ, खानपानमा नियन्त्रण राख्नुहोला । परिवारमा तपाईको इज्जत कायम रहनेछ । छिमेकीसँग मनमुटाव बढ्न सक्छ। आज व्यापारमा घाटा बेहोर्नु पर्नेछ । जागिर वर्गका व्यक्तिहरूले आफ्ना अधिकारीहरूसँग वादविवाद गर्न सक्छन्, बोलीमा नियन्त्रण गर्नुहोस् ।

मीन राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा लाभ महसुस गर्नुहुनेछ, आध्यात्मिकतामा तपाईको सम्मान हुनेछ। व्यापार–व्यवसायमा आज परिवर्तन गर्न सकिनेछ । परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ । तपाईंको परिवारका सदस्यहरूले तपाईंको कुनै पनि कामको विरोध गर्न सक्छन्।

Leave a Reply