ओलीको आरोप– सत्ताधारी दलले देश लुटिरहेका छन् | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

ओलीको आरोप– सत्ताधारी दलले देश लुटिरहेका छन्

काठमाडौं । एमालेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाउनुभएको थियो ।

सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत अध्यक्ष ओलीको भनाइ थियो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले आक्रोशित देखिएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भिरतापूर्वक नलिएको बताएको एमाले सांसद रघुजी पन्तले जानकारी दिनुभयो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);