नेपाल–भारत सीमा बन्यो घुसपैठको केन्द्र,४१ विदेशी नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

नेपाल–भारत सीमा बन्यो घुसपैठको केन्द्र,४१ विदेशी नागरिक पक्राउ

एजेन्सी, १० साउन । बिहार प्रहरीले अन्तर्राष्ट्रिय सीमामा घुसपैठको बारेमा चकित पार्ने तथ्याङ्क सार्वजनिक गरेको छ । बिहारका प्रहरी अतिरिक्त महानिर्देशक (हेडक्वार्टर) जितेन्द्र सिंह गंगवारका अनुसार पछिल्लो ६ महिनामा ४१ विदेशी नागरिक पक्राउ परेका छन् ।

सबै विदेशी नागरिकले सीमामा अवैध रूपमा घुसपैठ गर्न खोजेका थिए। भर्खरै बिहार प्रहरीले किशनगञ्जबाट २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । दुवैले नेपाल–भारत सीमा क्षेत्रमा हुने गतिविधिबारे थाहा पाएको हुन सक्ने आशंका गरिएको छ । दुवै आरोपी चीनको जियाङ्सी प्रान्तका बासिन्दा झाओ जिङ र फु काङका रूपमा पहिचान भएका छन् ।

बिहारको सीमामा लगातार विदेशी नागरिकको गिरफ्तारीले सुरक्षा निकायको चिन्ता बढाएको छ । दुवै चिनियाँ युवालाई हिरासतमा राखिएको छ । बिहार प्रहरी प्रधान कार्यालयका अनुसार २०२२ मा अवैध घुसपैठ गरेको आरोपमा बिहार–नेपाल सीमानाबाट १६ विदेशी नागरिक पक्राउ परेका थिए । जसमा नाइजेरिया र चीनका नागरिक पनि थिए। प्रहरीले २०२२ मा १६ जनामध्ये ७ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०२२ मा १६ विदेशी नागरिकमध्ये ५ जना तस्करीको आरोपमा पक्राउ परेका थिए । सन् २०२१ को कुरा गर्दा यो वर्ष पनि नेपाल–बिहार सीमानाकाबाट पक्राउ परेका विदेशी नागरिकको संख्या दोहोरो अंकमा थियो । प्रतिवेदन अनुसार सन् २०२१ मा सीमा क्षेत्रबाट ११ विदेशी नागरिक पक्राउ परेका थिए ।

सन् २०२१ मा पनि सीमा क्षेत्रबाट चिनियाँ नागरिक अवैध घुसपैठको आरोपमा पक्राउ परेका थिए । २०२० र २०१९ मा पनि बिहार प्रहरीले अवैध घुसपैठको आरोपमा करिब १०–१० विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

Leave a Reply