काठमाडौँ,१० साउन । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
करिब १ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीमाथि राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पराजुलीको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलसमा तोकिएको छ ।
विभागले पराजुलीलाई गैरकानुनी थुनामा राखेको भन्दै पराजुलीको तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।