काठमाडौं, १० साउन । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज बस्ने बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने भएको हो ।
एमालेले सुन प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने तयारी गरेको छ ।
गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनपर्ने एमालेको ठहर छ । अवैध सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको एमालेका एक नेताले बताए ।