२२ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

२२ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं, १० साउन । आफूखुशी बिदामा बसेको र नेपाल प्रहरीको सम्पर्कमा नआएका २२ जना प्रहरीलाई एक साताभित्र सम्र्पकमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै आफूखुशी कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

कार्यालयले एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह भनेको छ ।

प्रहरी कार्यालयको अनुसार सुनिता महर्जन, सरू कार्की, कृष्णदेव चौहान, धर्मेन्द्र सिंह र मेष बहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू सम्पर्कमा आएका छैनन् ।

सम्पर्कमा नरहेका प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डि.सी सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट छन्।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);