राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौंः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौंः उपेन्द्र यादव

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।

महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उहाँको भनाई थियो ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताउनु भयो । अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल जस्तो अल्पविकसित देशमा विकसित पूँजीवादी देशहरुभन्दा महंगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । सुधार्नु यहाँ जरुरी छ । राजनीतिक दलहरु चुनाव लडदाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौं । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महंगो र खर्चिलो भयो । त्यसकारणले निर्वाचन प्रणाली र हाम्रो जस्तो अल्प विकसित मुलुकमा परिश्रम गर्दाखेरी उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलव छ । त्यसले ऊ आफूलाई धान्न सक्दैन । के गरोस्त त ? त्यहाँ पनि छ । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ । समाजवादका लागि एउटा यो ठूलो बाँधा रहेको छ ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरु नै नवधनाढय वर्गमा परिणत भएको दावी गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);