काठमाडौं, २८ पुस । नेपाल उर्जा विकास परिषद्का अध्यक्ष सुनिल आचार्यले नेपालमा १० वर्षको अवधिमा ४० हजार मेगावाट उर्जा उत्पादन गर्ने गरी लगानी भित्र्याउने बताएका छन । नेपाल सरकारले उर्जा विकास परिषद्का ४० हजार मेगावाट उर्जा उत्पादन गर्न आवश्यक पर्ने ८० विलियन डलर ल्याउन अनुमति दिए लगानी भित्राउन प्रतिबद्ध रहेको बताए ।
बिहिबार राजधानीमा नेपाल पावर इन्भेष्टमेन्ट समिटबारे गरिएको पत्रकार सम्मेलनमा आचार्यले समिट गर्नुको मुख्य उद्देश्य नेपालमा उर्जा उत्पादनमा लगानी भित्राउने रहेको बताए । समिटमा विश्वका विभिन्न मुलुकबाट नेपालमा लगानी गर्न सक्ने र ऋण उपलब्ध गराउने संस्थाको सहभागिता रहनेछ । आगामी दश वर्षमा उर्जामा आत्मनिर्भर भई विदेशमासमेत निर्यात गर्न सक्षम बन्न आवश्यक रहेको उनको भनाई थियो ।समिटबाट उर्जा लगानीको ढोका खोल्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
माघ १३ गतेदेखि १५ गतेसम्म राजधानीमा आयोजना हुने समिटमा उर्जा उत्पादनका सामाग्रीहरुको प्रदर्शनीका साथै नयाँ प्रविधिको बारेमा तालिमकोसमेत व्यवस्था रहेको छ । उर्जा क्षेत्रमा नेपालमा भएका अवसर विदेशी लगानीकर्तालाई आकर्षण गर्ने योजना छ । त्यसका लागि नेपाल सरकारले परियोजना उपलब्ध गराउन आवश्यक रहेको उर्जा विकास परिषद्ले बताएको छ ।




