काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकको आज संचालक समितिको बैठक बस्दैछ । बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गर्ने बुझिएको छ ।
आजै उक्त मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको हो ।
मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।