काठमाडौं, ७ साउन । अहिले देशमा मनसुनी वायुको भाग प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिरको भाग छ।
जल तथा मौसम विज्ञान विभाग महाखाखाको अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।