समानुपातिक प्रणाली नेपालमा इबोला भाइरस जस्तै खतरनाक हुँदैछ : लक्ष्मण घिमिरे | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

समानुपातिक प्रणाली नेपालमा इबोला भाइरस जस्तै खतरनाक हुँदैछ : लक्ष्मण घिमिरे

काठमाडौं, २८ पुष । १२ बर्ष अघी नेपाली कांग्रेस सरकारमा हुँदा हटाइएको राष्ट्रिय एकता दिवस्, अहिले १२ बर्ष पछी फेरी नेपाली कांग्रेसनै सरकारमा हुँदा फेरी मनाउन थालिएको छ ।

नेपाली कांग्रेसका नेता, लक्ष्मण घिमिरेले ,जुन प्रकारले कांग्रेसकै प्रधानमन्त्री र गृह मन्त्री हुँदा मन्त्री परिषदमै नलगि , गृहा मन्त्रीकै निर्णयबाट मनाउँदै अाएको पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस समाप्त परियो, त्यो अत्यन्तनै दुखद कुरा भएको थियो भन्ने बताए ।

घिमिरेले अहिले अाएर सरकारले राष्ट्रिय एकता दिवस मनाउन थालेको र सार्वजनिक बिदाको निर्णयलाई ,ढिलो भएपनी सुधार भएकोमा खुशी हुँदै, राष्ट्र निर्माण गर्ने व्यक्तिलाई सधै सम्झनु पर्ने बताए ।

उनले धर्मनिरपेक्ष राष्ट्र घोसणा हुँदा केन्द्रिय कार्य समितीमा समेत छलफल नगरि घोसणा गरिएको स्पस्ट पारे ।

लक्ष्मण घिमिरेसँग गरिएको थप कुराकानी हेर्न तलको लिँकमा क्लिक गर्नुहोस :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);