महिलालाई निर्वस्त्र घुमाउने ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

महिलालाई निर्वस्त्र घुमाउने ४ जना पक्राउ

एजेन्सी, ५ साउन । भारतको मनिपुरको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा दुई महिलालाई भीडले सडकमा नग्न पारिएको छ । यो देख्ने जो कोहीको मन काप्छ । यो घटना मे ४, २०२३ को हो। मणिपुरको मेइतेई र कुकी समुदायबीच झडप भएको एक दिनपछि मे ४ मा काङ्पोकपी जिल्लाको बि फेनोम गाउँ नजिकै हमला भएको थियो। सो क्रममा भीडले तीन कुकी महिलालाई लुटाएर सडकमा परेड गरेको थियो । यसै क्रममा दिउँसो एक महिला बलात्कृत भएकी थिइन् । यो घटनाको भिडियो भाइरल भएपछि जताततै आक्रोश छ ।

भाइरल भिडियोमा दुई महिलालाई नग्न अवस्थामा सडकमा लगिएको देखाइएको छ । कतिपय युवा पुरुषहरू उनीहरूसँगै हिँडिरहेको देख्न सकिन्छ, जबकि अन्य पुरुषहरू विचलित देखिने महिलाहरूलाई खेतमा तानिरहेका छन् । घटनाकी पीडित एक ४० वर्षीया महिलाले भनिन्, “जब हामीले नजिकैको गाउँमा मेइटी भीडले घर जलाएको सुने, हाम्रो परिवार र अरूहरू भागे, तर भीडले फेला पारे। हाम्रो छिमेकी र छोरालाई केही टाढा लगेर मारियो। यसपछि भीडले हामीमाथि आक्रमण गर्न थाल्यो र उनीहरूले हामीलाई हाम्रो लुगा फुकाल्न भने।’’ पीडित महिलाले भनिन्, ‘हामीले विरोध गरेका थियौं । त्यसपछि लुगा फुकालेन भने मार्ने धम्की दिए । यसपछि मैले आफूलाई बचाउन लुगा फुकालें । त्यही क्रममा त्यहाँ उपस्थित पुरुषले मलाई थप्पड र मुक्का हाने । मेरो २१ वर्षीया छिमेकीलाई के भइरहेको थियो मलाई थाहा थिएन किनभने उनी केही दूरीमा थिए।’ महिलाले आरोप लगाइन्, ‘मलाई सडकको छेउमा रहेको धानबारीमा तानियो र पुरुषले मलाई सुत्न भने । त्यसपछि म मैदानमा पल्टिए। तीन जनाले मलाई घेरे । उनीहरु मध्ये एकले अर्कोलाई भने– बलात्कार गरौं, तर गरेनन् । म भाग्यमानी थिएँ कि ममाथि बलात्कार भएन, तर तिनीहरूले मेरो शरीर छोए ।’

राजधानी इम्फालबाट करिब ३५ किलोमिटर टाढा रहेको काङ्पोकपी जिल्लामा मे ४ मा महिलालाई नग्न परेड गर्ने घटना घटेको थियो । यसको भिडियो १९ जुलाई (बुधवार) सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
भिडियोमा केही व्यक्तिले दुईजना महिलालाई नग्न बनाएर अश्लिल गतिविधि गरिरहेको देख्न सकिन्छ ।

घटनाको विरोधमा मणिपुरको चुराचन्दपुरमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । हजारौंले कालो लुगा लगाएर प्रदर्शन गरेका थिए र दोषीलाई पक्राउ गर्न माग गरेका थिए । घटनामा संलग्न ३२ वर्षीय हुइरेम हिरोदास मेइतीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);