काठमाडौँ, ५ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ । आजको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकामा ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने बुझिएको छ ।
उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज सहित रिक्त रहेका पदमा मनोनित गर्नेबारे छलफल हुने एक नेताले बताए ।
पार्टीको पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुँदैछ ।
सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।