नर्सलाई बेलायत लैजान आवेदन खुल्यो, कति होला आम्दानी ? | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

नर्सलाई बेलायत लैजान आवेदन खुल्यो, कति होला आम्दानी ?

काठमाडौं, ५ साउन । नेपाली नर्सलाई बेलायत लैजान आवेदन खुल्ला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटुजी प्रक्रियाअन्तर्गत पाइलट प्रोगामको रुपमा पहिलो चरणमा १ सय जना नर्सलाई बेलायत पठाउन लागेको हो । मन्त्रालयले प्रारम्भिक चरणमा सय जना नर्सलाई बेलायत पठाउँदैछ ।

गत असार ६ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्धिपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धि कार्ययोजना स्वीकृत गरेको थियो ।

बेलायत जान चाहाने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम ( आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जानेहरु २० देखि ४५ वर्ष उमेर समुहको हुनुपर्नेछ । साढे २ वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

बेलायत जाने नर्सहरुको आईईएलटीएस भाषा सिक्न र उता जाने प्लेन टिकटसमेत बेलायत सरकारले तिर्ने सरकारसँग सम्झौता भएको छ । नर्सहरुले वार्षिक रुपमा ३६ लाख पाउण्ड स्ट्रलिङसम्म कमाउन सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);