अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिणामको विदेशी मुद्रासहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिणामको विदेशी मुद्रासहित चार जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले ¥यापिङ गरी चाउचाउको बिचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो ।

थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);