सुन काण्डबारे राष्ट्रिय सभामा प्रश्न | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

सुन काण्डबारे राष्ट्रिय सभामा प्रश्न

काठमाडौं । एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ ।

यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न जन्माएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । चाल्र्स सोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी सुन अवैध रुपमा भन्सार पास भएको नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले टिप्पणी गर्नुभयो । बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उहाँले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको जिकिर गर्नुभयो । एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले डिटेक्टर कराउने भन्दै १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन भन्दै रायमाझीले प्रश्न गर्नुभयो ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले सुन अवैध रुपमा भित्रिएकोबारे निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको उहाँको भनाइ थियो । सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको सांसद भट्टराईको आरोप थियो ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाउनुभयो । अवैध सुन आयातमा राजनीतिक संलग्नता रहेको हुन सक्ने उहाँले आशंका गर्नुभयो ।

सांसदहरुले विमानस्थलको सुरक्षा जाँचमा कडाइ गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);