आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छः पूर्वअर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिनुभएको छ । उहाँले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताउनु भयो । उहाँले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताउनु भयो ।

उहाँले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताउनु भयो । उहाँले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताउनु भयो ।

उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बंैकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने बताउनु भयो ।

उहाँले दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौति सिर्जना गर्ने बताउनु भयो। उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);