देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्योः डा. शेखर कोईराला | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्योः डा. शेखर कोईराला

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा दण्डहीनताले सीमा नाघेको बताउनु भयो ।

उहाँले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताउनु भयो । उहाँले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताउनु भयो । उहाँले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताउनु भयो । उहाँले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताउनु भयो । नेता कोईरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताउनु भयो ।

नेता कोईरालाले नेपालमा २०६२÷०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गर्नुभयो । नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपु¥याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);