विपद्का घटनामा परी देशभर ४७१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

विपद्का घटनामा परी देशभर ४७१ जनाको मृत्यु

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा विपद्का घटनामा परी देशभर ४७१ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा रेकर्ड भएका पाँच हजार ५०३ घटनामा परी ४७१ जनाको मृत्यु भएको हो । बाढी, पहिरो, आगलागी, हिँउ पहिरो, भारी वर्षा, चट्याङ, डुंगा दुर्घटना, जनावरको आक्रमण लगायतका विपदका घटनामा उक्त मानविय क्षति भएको हो ।

देशभर ४७१ जनाको मृत्यु ,४२ जना बेपत्ता र एक हजार ७६९ जना घाइत, तीन अर्ब रुपैंयाको आर्थिक क्षति भएको केन्द्रको तथ्यांक छ । विपद्का घटनाले उक्त समयमा एक हजार ९६२ घरमा आंशिक क्षति र दुई हजार ३२६ घर पूर्ण क्षति भएको केन्द्रले जनाएको छ ।

यसबाट ९४४ गोठमा क्षति गरेको र चार हजार ४१ जनावरको मृत्यु भएको छ । यी घटनाबाट २ अर्ब ९८ करोड ९४ लाख ६१ हजार १५० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा विपद्का घटनामा परी ४८९ जनाको मृत्यु, ४२ जना बेपत्ता र एक हजार ७६९ जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);