ठूलो परिमाणको अवैध सुनसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

ठूलो परिमाणको अवैध सुनसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौं, ४ साउन । नेपालमा भित्रिएको ठूलो परिमाणको अवैध सुनसहित पक्राउ पर्नेको संख्या अहिलेसम्म ६ पुगेको छ । राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो ।

क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल÷ स्कुटरको ब्रेक शुभित्र सुन राखेर भित्र्याएको पाइएको छ । सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ । यो काण्डमा अहिलेसम्म दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन् । त्यसैगरी एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन् । सुनसहित बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ ।

समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्ने छ । समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजको पनि अनुसन्धान गर्ने छ । अहिलेलाई भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरेको छ । अन्यको पनि संलग्नता खुले त्यस अनुसार कारबाही अघि बढाइने भन्सार विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);