काठमाडौं, ४ साउन । नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड राखेको छ । साताको कारोबारको पाँचौं दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च हो । महासंघको अनुसार यसअघि गत जेठ १८ गते १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मुल्य १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, सेतो धातु चाँदीको मुल्य पनि ५ रुपैयाँले बृद्धि भएको छ । बुधबार १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ९५ रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।