काठमाडौं, ४ साउन । व्यवसायी दीपक मल्होत्राले मिडियाले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका छन् ।
बुधबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा उनको नाम जोडिएपछि आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
आफुविरुद्ध मानाहानी र चरित्रहत्या गर्ने व्यक्ति र मिडियाविरुद्ध मानहानीको मुद्दामा जाने पनि चेतावनी दिएका छन् ।
सुन प्रकरणमा आफ्नो कुनै सम्लग्नता रहेको उनको दाबी छ ।