काठमाडौं । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सेवा सदनले उच्च अदालत पाटनमा संरचना भत्काउन निषेधको आदेश माग गर्दै दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
तर, अदालतको आदेश आउनु अगाडि नै आज दिउँसो महानगरले डोजर लगाएर संरचनाहरू भत्काएको छ । महानगरले यसअघि नै जग्गा खाली गर्न तीनदिने सूचना दिएको थियो ।